सारांश
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा लफडा भएको छ।
धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधि बनेर सहभागी हुन पुगेका थिए।
तर थापाको हलमा प्रवेशका लागि साधारणसभाको परिचय पास नभएको भन्दै गेटमै रोकिएको छ।
त्यसपछि आक्रोशित बनेका थापा र उनका जेठा छोरा गौरव थापासहितको समूहले गेटमा विरोध गरेका छन्।
यसअघि आरसी ३२ बाट प्रतिनिधि बनेपछि एन्फाले साधारण सभामा रोक्ने ठान्दै उनले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।
साधारणसभामा भाग लिन पाउनु पर्ने माग गर्दै दायर गरेको मुद्दामा उनको पक्षमा फैसला आएको थियो।
तर अदालतबाट कुनै चिठी प्राप्त नभएको भन्दै एन्फाले उनलाई सभा हलमा पस्न दिएको छैन।