सारांश
काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा तनावका कारण आइपिएल २०२५ का बाँकी खेल स्थगित भएका छन्।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
दुई देशबीचले एकअर्कालाई रकेट आक्रमण गर्न थालेपछि बिहीबार राति धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल १०.१ ओभर पछि रद्द भएको थियो।
आइपिएल २०२५ मा हाल ५८ खेलहरू भइसकेको छ। समूह चरणमा खेल्न बाँकी १२ खेलहरू छन्। जसमध्ये लखनऊ (२), हैदराबाद, अहमदाबाद (३), दिल्ली, चेन्नई, बेंगलुरु (२), मुम्बई, जयपुरमा हुने तय छ। प्लेअफ हैदराबाद र कोलकातामा खेल्ने तय थियो।