Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सन्दीपले क्यानसँगको सम्झौता अघि नबढाउने


सारांश

सन्दीपले क्यानसँगको सम्झौता अघि नबढाउने
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँगको सम्झौता नबढाउने घोषणा गरेका छन् । बुधबार सन्दीपले सामाजिक सञ्जालमार्फत आफू क्यानसँगको केन्द्रीय सम्झौता अघि नबढाउने निष्कर्षमा पुगेको बताएका हुन् ।

“मैले धेरै सोचिसकेपछि यसपटक क्यानसँगको केन्द्रीय सम्झौता अघि नबढाउने निष्कर्षमा पुगेको छु । तर, यो निर्णय राष्ट्रिय टोलीबाट टाढिने गरेको होइन । यो निर्णय मैले व्यक्तिगत र व्यावसायिकरूपमा विकास गर्न लिएको हो, ” सन्दीपले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, “मेरो यात्रामा मलाई समर्थन गर्नै क्यानप्रति आभारी छु । मलाई र नेपाली क्रिकेटको विकासमा क्यानले खेलेको भूमिका महत्त्वपूर्ण छ । म स्पष्टसँग भन्न चाहन्छु, म नेपाली टोलीबाट उही लगाव र चाहनाका साथ सधैँ खेलिरहनेछु । टोलीप्रतिको दायित्व र गोरवलाई म सधैँ मनमा राख्नेछु ।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij