Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

बार्सिलोना बन्यो ला लिगा च्याम्पियन


सारांश

बार्सिलोना बन्यो ला लिगा च्याम्पियन
images

एजेन्सी । बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ।

गएराति इस्प्यानोललाई २-० गोलले हराउँदै बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधी जितेको हो।

शीर्ष स्थानमा बार्सिलोनाको ८५ अंक छ। दोस्रो स्थानको रियल म्याड्रिडको ७८ अंक छ। रियलले पनि दुई खेल खेल्न बाँकी छ। उसले दुवै खेल जितेको अवस्थामा पनि ८४ अंक मात्रै हुन्छ।

त्यसकारण लिगमा सबै टिमले दुई खेल खेल्न बाँकी हुँदै बार्सीलोनाले जारी सिजनको उपाधि जितेको हो।

बार्सिलोना योसँगै लालिगामा २८ औं पटक च्याम्पियन बनेको हो।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij