Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आईपीएल : पञ्जावलाई हराउँदै दिल्लीको सुखद अन्त्य


सारांश

आईपीएल : पञ्जावलाई हराउँदै दिल्लीको सुखद अन्त्य
images

एजेन्सी । पञ्जाव किंग्सविरुद्ध ६ विकेटको जित निकाल्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सुखद अन्त्य गरेको छ ।

यो जितसँगै दिल्लीले पाँचौँ स्थानमा रहँदै जारी संस्करण टुंग्याएको हो । दिल्लीले लिग चरणबाट १४ खेल खेल्दा १५ अंक जोडेको छ ।

शनिबार जयपुरमा सम्पन्न खेलमा पञ्जावले प्रस्तुत गरेको २०७ रनको लक्ष्य दिल्लीले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो ।

यो हारबाट पञ्जावले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको पञ्जावले १३ खेलबाट १७ अंक जोडेको छ ।

समान खेलबाट १८ अंक जोडेको गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij