सारांश
काठमाडौं । तपस्वी बनेर चर्चामा आएका युवक रामबहादुर बम्जन सम्पत्ति शुद्धीकरणको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई थुनामा राख्ने आदेश गरेपछि मलंगवा कारागार चलान गरिएको हो।
गत फागुन ५ गते बम्जनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँबराबरको अवैध कारोबार गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो।