Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको शुभकामना


सारांश

एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको शुभकामना
images

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार (जेठ १३) नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई एवं शुभकामना दिएको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले आफ्नो कार्यकक्षमा साक्षात्कारसँगै नवनिर्वाचित टिमको कार्यकाल सफलताको कामना गरे ।

गएको वैशाखमा एनएसजेएफको २०औँ साधारणसभा एवं निर्वाचनबाट निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको थियो । 

नवनिर्वाचित अध्यक्ष अधिकारीले राखेपले खेलकुद पत्रकार मञ्चको यात्रामा सधैँ सहकार्य गर्दै आएको भन्दै यी दुई संस्थाबीचको सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij