सारांश
काठमाडौं । कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुनदेखि प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ ।
फागुन २० देखि औपचारिक रूपमा सुरु भएको निर्माण कार्य वैशाख २४ गतेभित्रै सक्ने भनिएपनि समयमा सम्पन्न हुन सकेन ।
अबअसार मसान्तसम्म काम सक्ने गरी तीव्रता दिइएको निर्माण कम्पनीले जनाएको छ ।
४३ करोड ७७ लाखको टेन्डरमा प्यारापिट निर्माणको ठेक्का बिकेओआई केसिडिसी बिजी जेभीले पाएको छ भने फ्लडलाइटको काम विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको छ ।