Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो छ युवा तथा खेलकुदमा छुट्याएइको बजेट


सारांश

यस्तो छ युवा तथा खेलकुदमा छुट्याएइको बजेट
images

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका लागि सरकारले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले यसपटक युवा तथा खेलकुदमा कुल ६ अर्ब आठ करोडको बजेट ल्याएको छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा युवा तथा खेलकुदतर्फ बजेटको आकार तीन अर्ब ५० करोड रुपैयाँको थियो । यसर्थ यस क्षेत्रको बजेटमा यस वर्ष ७३.७१ प्रतिशत वृद्धि भएको छ ।

तर, २०८१/८२ मा सरकारले तीन अर्ब ५० करोडको बजेट ल्याए पनि युवा तथा खेलकुदअन्तर्गत नै ‘राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम’का निम्ति छुट्टै तीन अर्ब रुपैयाँ छुट्याएको थियो ।

बजेटमा मुलुकको आर्थिक सामाजिक विकास र सेवा प्रवाहमा युवाको योगदान वृद्धि गरिने उल्लेख छ भने खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने उल्लेख गर्दै निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij