Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आईपीएलको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब भिड्दै


सारांश

आईपीएलको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब भिड्दै
images

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को फाइनलमा स्थान बनाउन आज आइतबार दोस्रो क्वालिफायरमा पन्जाब किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको लिग चरणबाट शीर्ष स्थानमा रहँदै प्लेअफ आए पनि पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुविरुद्ध आठ विकेटले पराजित भएको थियो । यता, मुम्बईले भने इलिमेटरमा गुजरातविरुद्ध २० रनको जित निकालेको थियो ।

भारतको अहमदाबादमा हुने यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति बेंगलुरुविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल जुन ३ मा हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij