सारांश
एजेन्सी । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल पुगेको छ।
गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाबले फाइनलमा स्थान पक्का गरेको हो।
अहमदावादमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्यो।
पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो।
अब पञ्जाबले उपाधिका लागि रोयल च्यालेन्जर्स बेंग्लुरूसँग खेल्नेछ।
यसअघि पहिलो क्वालिफाइयरमा पञ्जाब बेंग्लुरूसँगै पराजित भएको थियो।
फाइनल खेल मंगलबार ७:४५ बजे हुनेछ।