Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आईसीसी विश्वकप लिग २: स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित


सारांश

आईसीसी विश्वकप लिग २: स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित
images

काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ ।

स्कटल्याण्डमा घरेलु टोलीले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो ।

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यो जितपछि नेपाल ८ अंक जोड्दै लिग २ मा अंकतालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij