Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आईपीएल फाइनल: उपाधिका लागि बेंगलुरु र पञ्जाब भिड्दै


सारांश

आईपीएल फाइनल: उपाधिका लागि बेंगलुरु र पञ्जाब भिड्दै
images

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स फाइनलमा भिड्दै छन् ।

दुवै टोली पहिलो उपाधि जित्ने होडमा छन् । फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।

घरेलु टोली बेंगलुरु रजत पतिदार र पञ्जाव श्रेयस ऐरको नेतृत्वमा मैदान उत्रनेछ । 

बिराट कोहली सहभागी बेंगलुरु र रिकी पोन्टिङ मुख्य प्रशिक्षक रहेको पञ्जावले जारी सिजन समान ६ खेलबाट ८ अंक जोडेका छन्। यद्यपि रनरेटका आधारमा बेंगलुरु तेस्रो र पञ्चाव चौथो स्थानमा छन् । 

बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा फेरि बेंगलुरुसँगको भिडन्त पक्का गर्‍यो ।

लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो ।

बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ गरी तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन । पञ्जाबले सन् २०१४ को फाइनल खेल्दा उपाधि जित्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij