Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी विजयी


सारांश

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी  विजयी
images

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा  अध्यक्षमा राजेन्द्र भण्डारी  विजयी भएका  छन् । 

संघको २९औं साधारणसभाको निर्वाचनमा मञ्चका उम्मेदवार रहेका राजेन्द्र भण्डारीको प्यानलले  ९ पदमध्ये ५ पदमा  जित निकालेकाे हो ।

भण्डारीले १९९ मत प्राप्त गरी बिजयी भएका हुन् । भुवनसिं गुरुङ १५७ मत पाए थिए भने, कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरेका थिए ।

भण्डारी प्यानलबाट अध्यक्षमा राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री, दितिय उपाध्यक्षमा सन्जु गुरुङ, तृतिय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिबमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घलेले विजय भएका छन् ।

सो प्यानलबाट सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल, देउमान नेम्वाङ, आनन्दप्रसाद कोइरालाले विजय प्राप्त गरेका हुन् ।
यसैगरी अन्य सदस्यामा बिक्रम श्रेष्ठ, देविमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij