Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा प्याट्रिक नियुक्त


सारांश

नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा प्याट्रिक नियुक्त
images

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन् ।

बिहीबार अखिल फुटबल संघ (एन्फा)ले वाइल्डलाई टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । 

एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबारै वाइल्डलाई नियुक्त पत्र हस्तान्तरण गरेका छन् ।

बेल्जियमका ६१ वर्षीय उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब तथा संघहरूमा जिम्मेवारी सम्हालेको दुई दशकको अनुभव छ ।

वाइल्ड प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij