Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपालमा दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने


सारांश

नेपालमा दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने
images

काठमाडौं । नेपालमा आगामी अक्टोबर १७ र १८ तारिखमा दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ।

साथै आउँदो नोभेम्बर-२०२५ मा गजुरियो कराते अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।

दशरथ रंगशालाको कवर्ड हलमा यी दुवै कार्यक्रम हुने नेपाल गजुरियो कराते संघले जानकारी गराएको छ।

यसै सन्दर्भमा नेपालमा गजुरियो करातेको विकास-बिस्तार तथा एशियाली गजुरियो कराते महासंघको भावी रणनीतिका विषयमा छलफल भएको छ।

496515043_699029099491705_4525284069960686772_n (1).jpg

यो छलफल विश्व गजुरियो कराते महासंघका उपाध्यक्ष बि. आर. मित्र को विशेष आतिथ्यमा भारतमा भएको हो। मित्र नेपाल गजुरियो करातेका प्रमुख प्रशिक्षक हुन् ।

उक्त अवसरमा प्रशिक्षक पोल स्टोलजेड (बेल्जियम), रेन ह्यान्स (बेल्जियम) र एशियाली महासचिव धीरज पवारको पनि उपस्थिति थियो।

502607355_995601302418680_8316692316877282510_n.jpgहाल भारतका विभिन्न प्रान्तहरुमा गजुरियो कराते प्रशिक्षण कार्यक्रम संचालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij