सारांश
काठमाडौं / अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलम नेपाल टि२० लिगमा स्पोट फिक्सिङको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले सोमबार बिहान आदिल र महबुबलाई पक्राउ गरेको स्रोतले जनाएको छ । मेहबुब मोरङ र आदिललाई सप्तरी प्रहरीले प्रकाउ गरेको हो । यी दुबै क्रिकेटरलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
आदिल अन्सारीले नेपाल टि२० लिगको दौरानमा फ्ँयालेको एक नो बल चर्चामा रहँदै आएको थियो । महबुब आलम भने स्पोट फिक्सिङको लागि बाहिरबाट भूमिका खेलेको बताइदै आएको थियो ।