Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित


सारांश

एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित
images

काठमाडौं । एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ ।

मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।

यो जितसँगै नेपालले ४ अंक जोडेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालका श्रीयान्स बजँगाईले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए । ४२ बल खेलेका उनले ७ चौका प्रहार गरे । प्रशिद्व जैशीले ३७ बलमा ३ चौकासहित ३३ रन बनाए। जोय थापा १ रनमा पभिलियन फर्किए ।

नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij