Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि


सारांश

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि
images

काठमाडौं । अल्ट्रा रनर रसिला तामाङले माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । 
आइतबार म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर समग्र खेलमै पहिलो भएकी हुन् ।

सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरिन् ।

रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्यामपर प्राप्त गरेकी छन् । 
सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए ।

महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गरिन् । साराह सेङ तेस्रो भइन् । 
पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे । यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा चयन भएकी छन् ।

रसिलाले जितपछि निकै खुशी लागेको बताएकी छन् । उनले व्यवस्थितरुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij