सारांश
काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा ६ केन्द्रिय सदस्यहरुले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै बैठक छाडेका छन् ।
पोखरामा जारी बोर्ड बैठकमा नेपाल टि२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएर केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका छन् । अमितवीर पाण्डे भने अस्वस्थका कारण बैठकमा गएका छैनन् ।
बैठकमा नेपाल टि२० लिग विवाद, मुख्य प्रशिक्षक नियुक्ति, सन्दीप लामिछाने निलम्बन फुकुवा, आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज आयोजना, एसिसी प्रिमियर कप नेपालमा आयोजना लगायत १७ एजेन्डा छन् ।