Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पूर्वी एसिया कप विजेता सुशील रावलको अपिल : खादा होइन, सहयोग चाहिएको छ


सारांश

पूर्वी एसिया कप विजेता सुशील रावलको अपिल : खादा होइन, सहयोग चाहिएको छ
images

काठमाडौं । मलेसियामा सम्पन्न ACC U-16 East zone cup मा नेपाललाई उपाधि दिलाउन सफल युवा क्रिकेटर सुशील रावलले आर्थिक सहयोगको विशेष अनुरोध गरेका छन्।

राष्ट्रिय टोलीमा छनोट भएर खेलेका बझाङका रावल हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनिमा बसोबास गर्दै आएका छन्।

काठमाडौंबाट धनगढी फर्किनुअघि दिउँसो २ बजेको टिकेट लिएर घर हिँड्न लागेका रावलले सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै भनेका छन्, “स्वागत र सम्मानमा मलाई खादा र प्रमाणपत्र होइन, अहिले आर्थिक सहयोगको खाँचो छ।”

उनका अनुसार आगामी २/३ महिनामा U-19 राष्ट्रिय टोली छनोट प्रक्रिया सुरु हुँदैछ, जसका लागि भारतमा तालिम लिनुपर्ने भएकाले करिब १ लाख रुपैयाँको खर्च लाग्नेछ। कमजोर आर्थिक अवस्थाका कारण उनले सहयोगको अपेक्षा गरेका हुन्।

सुरुवात भएको छ, सफल बनाउने पालो अब तपाईंहरुको हो,भन्दै रावलले खेलाडीको भविष्य सुरक्षित गर्न सबैलाई साथ र सहयोगको आह्वान गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij