Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा


सारांश

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा
images

काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सदस्यसचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको क्यानका एक पदाधिकारीले जानकारी दिए । केन्द्रिय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् ।

प्रशान्त नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समते थिए । २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । 

 राजीनामा स्वीकृत हुन भने बाँकी छ । बुधबार बिहान राजीनामामाथि छलफल हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij