Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सन्दीपले भेटे मुख्य प्रशिक्षक देशाईलाई


सारांश

सन्दीपले भेटे मुख्य प्रशिक्षक देशाईलाई
images

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई भेटेका छन् । पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले मंगलबार सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै उनले मुख्य प्रशिक्षकलाई भेटेका हुन् ।

सन्दीपले मुख्य प्रशिक्षक मोन्टी देशाईलाई बुधबार भेटेको क्यान स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सन्दीप बन्द प्रशिक्षण जोडिने सम्भावना छ । जहाँ सन्दीपको प्रदर्शन छनोटकर्ता, टेनर, फिजियो र प्रशिक्षकले हेरेपछि खेलाउने वा नखेलाउने निर्णय लिइनेछ।

मुख्य प्रशिक्षक मोन्टी देशाईको नियुक्ती भने औपचारिक रुपमा हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति नदिँदा हालसम्म औपचरिक नियुक्ती हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij