Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

फोन पे मा लगानी गर्दै खेतान समुह


सारांश

फोन पे मा लगानी गर्दै खेतान समुह
images

काठमाडौं । व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राज ले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेड मा २० प्रतिशत सेयर किन्ने सम्झौता गरेको छ ।

ग्लोबल इक्विटी फन्ड का प्रबन्ध निर्देशक मनीष थापाका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसकेको हो । ग्लोबल इक्विटी फन्ड हाउस अफ राजसँग आवद्ध कम्पनी हो । उक्त सम्झौता अहिले राष्ट्र बैंकको स्वीकृतिको प्रक्रियामा रहेको छ ।

फोन पे, एफवान सफ्ट इन्टरनेशनल समूहअन्तर्गतको भुक्तानी सेवा प्रदायक कम्पनी हो, जसले हाल नेपालभर ठूलो मात्रामा डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०-८१ मा फोन पेमार्फत २० खर्बभन्दा बढीको अन्तरबैंक रकम ट्रान्सफर भएको थियो । कम्पनीले क्यूआरमार्फत भुक्तानी, भारतीय पर्यटकलाई लक्षित सेवा, र यूपीआई कारोबारजस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij