Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा


सारांश

पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा
images

मुगु । जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् ।

पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा– गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक आन्दोलित भएका हुन् ।

उनीहरुले गाउँपालिकाले जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले शिक्षकहरुको मुद्दाका विषयमा छलफल भइरहेको बताइन् । गाउँपालिका तालाबन्दी भएपछि पालिकामा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij