Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

वनस्पतिमा आधारित खाना र जीवनशैलीको प्रवद्धन गर्न काठमाडौँ भेज फेस्ट हुँदै


सारांश

वनस्पतिमा आधारित खाना र जीवनशैलीको प्रवद्धन गर्न काठमाडौँ भेज फेस्ट हुँदै
images

काठमाडौं । पशु कल्याणका क्षेत्रमा क्रियाशील स्नेहाज केयरले पाँचौं काठमाडौं भेज फेस्ट आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केयरले हरेक बर्षझैँ यस वर्ष पनि २०८२ श्रावण १० गते अर्थात जुलाई २६, २०२५ शनिबार ‘काठमाडौं भेज फेस्ट’ आयोजना गर्ने जानकारी दिएको हो ।

वनस्पतिमा आधारित परिकारहरुको प्रचार प्रसार गर्नुका साथसाथै वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवद्र्धन गर्न यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको स्नेहाज केयरकी सस्थापक स्नेहा श्रेष्ठले जानकारी दिइन् ।

महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण हुनेहुँदा भिगन रेस्टुरेन्ट, भिगन सामग्रीहरुको विक्रेताहरुलाई स्टल राख्ने अवसर प्रदान गरिने श्रेष्ठले बताइन् ।

उनले महोत्सवमा विभिन्न भिगान रेस्टुरेन्टहरु, भिगान परिकार उत्पादकहरु, विभिन्न आकर्षक गरगहनाहरु, अर्गानिक कृषि उपजहरु तथा ह्यान्डीक्राफ्ट, पशु कल्याण संस्थाहरु, योग तथा दर्शनलगायतका सामग्रीहरु तथा जानकारीमूलक गरि ९० भन्दा धेरै स्टलहरु रहने उनले जानकारी दिइन् ।

महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्यूजिक, नृत्य प्रस्तुती, बालबालिकाहरुका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरणलगायतका कार्यक्रमहरु समेत राखिएको उनले बताइन् ।

महोत्सव काठमाडौं बौद्धस्थित उत्पला क्याफेको प्रागंणमा हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij