Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

विश्वका चौथो धनी व्यक्ति अडानी १६औँ स्थानमा


सारांश

विश्वका चौथो धनी व्यक्ति अडानी १६औँ स्थानमा
images

एजेन्सी ।  सेयरको मूल्य लगातार ओरालो लागेपछि अडानी समूहका कम्पनीहरूले एक हप्ताको अन्तरालमा लगभग १०० अर्ब अमेरिकी डलरको स्टक मूल्य गुमाएको छ। 

समूहको प्रमुख फर्म, अडानी इन्टरप्राइजेजको सेयर हाल १० प्रतिशतले तल  झरेको छ। समूहका अन्य कम्पनीहरू, अडानी पोर्ट्स र स्पेशल इकोनोमिक जोन, अडानी टोटल ग्यास, अडानी ग्रीन एनर्जी र अडानी ट्रान्समिसन सबैको सेयर मूल्यमा १०/१० प्रतिशतले गिरावट आएको छ। अडानी पावर र अडानी विलमार भने ५/५ प्रतिशतले घटेको छ ।

हिन्डनबर्गको रिसर्च रिपोर्ट आउनुअघि विश्वका चौथो धनी व्यक्ति रहेका अडानी १६औँ स्थानमा पुगेका छन् । भारत तथा एसियाकै धनी व्यक्ति रहेका अडानीको स्थान खोसिएको छ । अब एसियाको धनी व्यक्तिमा मुकेश अम्बानी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij