Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’


सारांश

आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’
images

काठमाडौं । नेपाल विधार्थी संघका केन्द्रीय सदस्य आकाश प्रसाद उप्रेतीद्वारा लेखन तथा संकलन गरेको ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तक सार्वजनिक गरे ।

पुस्तकबाट नेपाली राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले खेलेको भूमिका संगसँगै संसारका हरेक देशहरुमा विद्यार्थी आन्दोलनले के कस्तो भूमिका खेलेको खेलेको छ भन्ने कुरा समावेश छन् ।

देउवा निवास बुढानिलकन्ठमा पुस्तक सार्वजनिक कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजिव ढुङ्गना, कांग्रेस केन्द्रीय सदस्यहरू सीता गुरूङ ,प्रतिमा गौतम, प्रदिप सुनुवार, चितवन पार्टी सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा ,नेपाल तरूण दल तथा नेविसंघका केन्द्रीय नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij