सारांश
एजेन्सी/ भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि शीर्षस्थानमा रहेको अल नासर साउदी प्रिमियर लिगमा हारबाट जोगिएको छ ।
अल नासरले घरेलु टोली अल फातेहसँग २–२ गोलको बराबरी खेलेको हो । १० खेलाडीमा समेटिएको अल नासेरले खेलमा दुईपटक पछि परेपनि अंक खोस्न सफल भएको हो ।
प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी अल हासामा शुक्रबार राति भएको खेलमा घरेलु टोली अल फातेहका क्रिष्टियन टेलो र सोफिएन बेन्डेब्काले गोल गर्दा अल नासरका एन्डरसन टालिस्का र रोनाल्डोले बराबरी गोल फर्काए ।
स बराबरीसँगै अल नासर १५ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत छ । समान अंक नै रहेपनि अल नासर एक खेल बढी खेलेको अल सवावभन्दा गोलअन्तरमा अघि छ । अल फातेह २२ अंक जोडेर छैटौं स्थानमा छ ।