Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

नेप्से परिसुचक फेरी तीन हजार बिन्दुमाथि पुग्यो


सारांश

नेप्से परिसुचक फेरी तीन हजार बिन्दुमाथि पुग्यो
images

काठमाडौं । आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ ।

यसअघि आइतबार पनि नेप्से पसिुचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।

यस दिन साढे १२ बजे सम्म नेप्से परिसुचक ४३.६६ अंकले बढेर ३०१४.९७ मा पुगेको छ । यस अबधिसम्म ७ अर्ब ६४ करोड ७७ लाख ७३ हजार ५६२ रुपैयाँ बराबरको १ करोड ७२ लाख ९४ हजार ५९९ कित्ता शेयर कारोबार भइसकेको छ ।

त्यसैगरी मुक्तीनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसअघि गतवर्ष साउनमा तीन हजार बिन्दुमा पुगेको नेप्से त्यसपछि भने बढ्न सकेको थिएन ।

तर, चालु आवको मौद्रिक निती सावर्जनिक भएपछि सकारात्मक देखिएको शेयर बजार उत्साहजनक रुपमा अघि बढीरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij