Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान


सारांश

पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

क्यानले बुधवार सावर्जनिक सुचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अबधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो ।

प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।

प्रस्ताव पेश गर्न इच्छुक कम्पनीहरुले साउन १९ गते बिहान ११ बजेसम्म काठमाडौंको मुलपानीस्थित क्यानको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रायोजक कम्पनीको ब्रान्ड लोगो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ ।525922160_1200165915473120_1405209695716056653_n (1).jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij