Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो


सारांश

नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१.५० अंकले घटेको छ ।

यससँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९२२.६३ बिन्दुमा झरेको छ । बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो ।

यस दिन कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.०७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.३६ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij