Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

तेक्वान्दो टोली थाइल्यान्ड जादैँ


सारांश

तेक्वान्दो टोली थाइल्यान्ड जादैँ
images

काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ । त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छन् ।

अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

महिला २३ केजीमा आरुसी अम्गाईं, ४२–४४ केजीमा रोनशा थापा तथा पुम्सेमा योजना गौली र छ्लोइ डोल्मा तामाङले खेल्ने छन् । प्रशिक्षकमा गौरव रजक र दिनेश न्यौपाने छन् ।

टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले परिवर्तन अभियान नेपालको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विदाइ गरे ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij