Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

अवकाश लिनुअघि वरिष्ठ क्याप्टेन शेरचनले भरे अन्तिम उडान


सारांश

अवकाश लिनुअघि वरिष्ठ क्याप्टेन शेरचनले भरे अन्तिम उडान
images

काठमााडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्र शेरचन सेवाबाट अवकाश हुँदैछन् ।

सन् १९८८ देखि पाइलट सेवामा प्रवेश गरेका शेरचन आफ्नो कार्यकाल पुरागरि विहीबारदेखि अवकास हुन लागेका हुन् । निगममा निरन्तर ३७ वर्ष योगदान दिएका शेरचनले मंगलबार मलेसियादेखि काठमाडौंसम्मको आफ्नो अन्तिम उडान भरेका छन् ।

उनले आफ्नो कार्यकाल अवधिमा निगममा २३,००० घण्टाको उडान गरिसकेका छन् । नेपालको उड्डयन क्षेत्रमा आफुले उल्लेखनीय योगदान गरेर अवकाश प्राप्त गर्न लागेकोमा आफू उत्साहित पनि भएको उनले बताएका छन् ।

मलेसिया–काठमाडौं उडान पश्चात निगमका कर्मचारी तथा को पाइलट सहितको टिमले उनलाई केक काटेर विदाइ तथा सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij