सारांश
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा रेभिन्यु मोड्युल सञ्चालनमा आएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो मोड्युलको शुभारम्भ गरे।
अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरेले सरकारी निकायहरूमा निष्कृय रहेका खाताहरूको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताउँदै रेभिन्यु मोड्युलको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरे।
यो प्रणाली सञ्चालनमा आएसँगै राजस्व व्यवस्थापन प्रणालीको प्रारम्भ, वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता र सेवा प्रवाहमा सहजता, खर्चमा बचत तथा वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ।