Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रदेश–१ का मन्त्री एवं उमेदवार थापाको निधन


सारांश

प्रदेश–१ का मन्त्री एवं उमेदवार थापाको निधन
images

विराटनगर । प्रदेश नम्बर–१ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा निधन भएको छ ।

५८ वर्षीय थापाको आज बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

थापा आसन्न प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार समेत रहेका थिए । उनी मोरङ निर्वाचन क्षेत्र नम्बर–३ ‘क’बाट उमेदवार बनेका थिए ।

प्रबन्धक दाहालका अनुसार थापामा निमोनिया देखिएको थियो । पछि डेंगी संक्रमण पनि भएको थियो । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारपछि उनलाई मंगलबार विराटनगर ल्याएर नोबेलमा भर्ना गरिएको थियो । डेंगी निको भएपछि विराटनगर ल्याइएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij