Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमती


सारांश

मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमती
images

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ६६.४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमती पाएको छ ।

१२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सैद्धान्तिक सहमति माग गरेको कम्पनीलाई विद्युत नियमन आयोगले यस्तो अनुमती दिएको हो ।

कम्पनीको चुक्तापूँजी ६४ करोड ६७ लाख ६७ हजार १०० रुपैयाँ मध्ये कम्पनीले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ ३० पैसा बराबरको हकप्रद शेयर निष्कासन गर्न आयोगबाट अनुमति प्राप्त गरेको हो । अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन प्रक्रिया अघि बढाउनेछ ।

हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

२ दशमलव ९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको निर्माणका लागि समेत लिएको कर्जा भुक्तानीका लागि कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij