सारांश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।
उक्त प्रावधानमा भएको विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेको हो । यससँगै पुनः महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।
यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो ।