सारांश
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
गत साता नै नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा। युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि केही कुरा थप गर्नु पर्ने भन्दै मौद्रिक नीति १ हप्ता पछाडि टेलिएको थियो ।