Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

विदेशमा लुकेका सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन निर्देशन


सारांश

विदेशमा लुकेका सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन निर्देशन
images

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । 

सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै यस्तो निर्देशन दिएको हो । समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।

देशबाहिर रहेकाको नाम समितिले गृहमन्त्रीलाई उपलब्ध गराइसकेको बताइएको छ । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij