सारांश
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५औँ दिनको पुण्य तिथिको सन्दर्भमा आइतबार आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तर्क्रियामा मन्त्री पाण्डेले सबै दुर्घटनाको छानबिन हुनुपर्ने बताए ।
“हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई कम्पायल गरेर, एकीकृत गरेर एक ठाउँमा राख्नुपर्ने छ,” मन्त्री पाण्डेले भने, “नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्न न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने छौँ । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने छ ।”