Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने


सारांश

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२ गतेसम्म दसैँलक्षित सुकिला नोट सटही गर्ने भएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित सातवटै कार्यालयबाट सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

दसैँमा बढी नोट साट्ने प्रचलन भएकाले १३ गतेबाट सुकिला नोट दिइने व्यवस्था गरिएको राष्ट्र बैंकका सूचना अधिकारी डा. भागवत आचार्यले बताए ।

असोज २२ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij