सारांश
काठमाडौं । अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र ‘फर्की फर्की’ को ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ ।
आउँदो वर्षको जेठ ११ गतेका लागि रिलिज घोषणा गरिएको चलचित्र मंसिर ११ गतेबाट छायांकनमा जाँदै छ ।
‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र निर्माण गरेका रोहित अधिकारीको ‘फर्की फर्की’ को काठमाडौँ, पोखरा, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा समेत छायाङ्कन हुनेछ। ओम अग्रवालको पनि लगानी रहने चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दै छन् ।
चलचित्रमा अनमोल र जसितासँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
चलचित्र ‘फर्की फर्की’ का प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् ।