सारांश
काठमाठौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजी वैवाहिक बन्धनमा बाँधिएका छन् ।
प्रेमिका शर्मिला श्रेष्ठसँग उनले अष्ट्रेलियाको मेलबर्नमा विवाह गरेका हुन् । १५ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै शर्मिला र रमेश सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
रमेश र शर्मिला दुवै स्याङ्जाका हुन् ।
‘हामी पहिलादेखि नै साथी हौं । हामी एउटै विद्यालय र कलेजमा पढेका हौं । उनी अष्ट्रेलिया आइन्, म नेपालतिरै संगीत क्षेत्रमा लागें,’ रमेशले भने, ‘अहिले आएर हाम्रो प्रेम कहानी सफल भएको छ ।’